१३ गते अस्पताल गएका बिरामीको १४ गते मृत्यु, १६ गते कोरोना पुष्टि
२०७७ असार १७ गते

फाइल तस्विर
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । अछामको रामरोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।
प्रवक्ता डा. गौतमका अनुसार मृतक पुरुष श्वासप्रश्वासमा समस्या आएपछि असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा १४ गते अस्पतालमै मृत्यु भएको हो ।
मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । १६ गते रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेहका बिरामी थिए । उपचारका क्रममा बिरामीसँगै कुरुवा बसेका २ जनाको भने रिपोर्ट नेगेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








