थप ४८२ जनामा कोरोना पुष्टि, उपत्यकामा १७ जना थपिए
२०७७ असार १७ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कारोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार ४८२ थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ४८२ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १४ हजार ४६ पुगेको उनले जानकारी दिए ।
संक्रमितमध्ये ४ हजार ६५६जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने ९ हजार ३६० जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म ३० जना संक्रमितको मृत्यु भएको छ ।
४८ हजार ३६२ जना क्वारेन्टाइनमा छन् । हालसम्म २ लाख ३३ हजार २२७ वटा नमुना पिसिआर विधिबाट परीक्षण भएको छ।
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








