नेपाल चहार्दै सलहः पोखरा र लमजुङको सुन्दरबजारमा पनि देखियो

पोखरा । पूर्वानुमान विपरित नेपाल पसेको सलह यतिबेला विभिन्न जिल्लामा पुगिसकेको छ । रुपन्देही, बुटवल, चितवन हुँदै कास्की र लमजुङमा पनि देखिन थालेको छ ।

पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा आज (आइतबार) बिहान सलह देखिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार स्थानीयले बिहान नै फोन गरेर यसबारे जानकारी गराएका थिए । अहिले स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ लागिसकेको छ ।

पोखरामा देखिएको सलह पाल्पा हुँदै भित्रिएको हुन सक्ने अनुमान छ । हावाको गति र पानीका थोपाका कारण छुटिएर सानो सलहको संख्या यता आएको हुन सक्छ आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =