जडीबुटी क्वारेन्टाइनमा रुडुक कैलालीको २५ थान पङ्खा सहयोग
२०७७ असार १३ गते

कैलाली । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले धनगढीस्थित जडीबुटी बनाइएको आइसोलेसनमा २५ थान पङ्खा वितरण गरेको छ।
नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा देउवाको आर्थिक सहयोगमा क्वारेन्टाइनमा रहेकाहरूको बसाइ सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन्।
रुडुक कैलालीकी अध्यक्ष ममता शाहले धनगढी उपमहानगरका मेयर नृप वडामार्फत सामना प्रदान गरिएको रुडुककी कोषाध्यक्ष प्रमीला लम्सालले बताइन्।
२०७७ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित









