‘खानेपानी परियोजनामा एशियाली विकास बैंकले धरानलाई ठग्नु ठग्यो’

धरान । एशियाली विकास बैंकको क्रृण तथा अनुदानमा ल्याइएको अढाई अरबको धरान खानेपानी आयोजनाले डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख छ ।

तर अहिले दिन विराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले एडिवीले धरानलाई ठग्नु ठगेको आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले बताएका छन् ।अनुगमनका क्रममा घरलौरी वाटो मै मोटर जडान गरी पानी तानेको पाइएको उनले बताए । ‘धरानवासी उपभोक्ताहरुले टंकीमा पानी नचढेपछि वाध्य भएर मोटर जडान गर्नु परेको छ । लेदो मिसिएको पानी त्यो पनि आधा घण्टामात्र आएपछि फोहोर पानी खान वाध्य भएका छन् ।’ संयोजक तामाङले भने । फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो उपभोक्ताहरुले गरेका छन् । उनीहरुले पर्याप्त शुद्ध पानी खानपाउनु पर्ने माग गरेका छन् ।

आयोजनाको ९ महिने परीक्षणकाल करिव ३ महिना बाँकी हुँदा समेत आयोजनाले डि.पि.आर. र सम्झौता बमोजिम पानी वितरण गर्न सकेको छैन । अझै उपभोक्ताको हजारौं धारा जडान गर्न बाँकी नै छ । डि.पि.आर. मा १ करोड ३ लाख लिटर र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग भएको ११ बुँदे सम्झौतामा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पादन गर्ने उल्लेख छ । धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा आयोजना प्रमुख राजु पोख्रेलले डिजाइन भन्दा बढी पानी उत्पादन भएको दावी गर्दै आएपनि यथार्थमा औसत दैनिक ६२ लाख लिटरमात्र उत्पादन भईरहेको संयोजक गोलेले बताए ।‘अरबौं लगानीमा निर्माण गरिएको आयोजनाले पनि डि.पि.आर., सम्झौता एवम् लक्ष्य बमोजिम पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ । आयोजना असफल बनाउने एडिवी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न हुँदैन ।’ तामाङले भने ।

धरानको खानेपानी परीयोजनामा आयोजना प्रमुख इन्जिनियर राजु पोखरेल, परामर्शदाता तथा ठेकेदारको मिलोमतोमा करोडौं चलखेल भएको चर्चा छ । धरानमा सरोकारवालाहरुले आयोजनाको लेखा परीक्षण गरीनुपर्ने माग पनि गरेका छन् ।

धरान उपमहानगरले विज्ञ मार्फत आयोजनाको अध्ययन र छानवीन गर्ने बताएको महिना दिन व्यतित् हुँदा समेत विज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील विषयमा उपमहानगर गम्भिर नदेखिएको र आयोजना सफल भएको प्रमाणीकरण नै नगरी खानेपानी संस्थानको धरान शाखालाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेर सरकारी संरचना मास्न हतारो गरेको आरोप लगाउँदै तामाङले आयोजना सफल भएको प्रमाणित नहुँदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने जिकिर गरे । ‘आयोजना सफल भएको प्रमाणित नै नगरी धरानको खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन वोर्डमा मर्ज गर्न हुँदैन ।’ उनले भने ।असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले पनि खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चिता नभएसम्म संस्थानलाई यथावत राख्नु उचित हुने तर्क गर्दै आयोजनाको पूर्ण परीक्षण र सञ्चालनमा भने संस्थानको सहयोग जारी रहनुपर्ने संयोजक तामाङको भनाई छ ।

धरानको खानेपानी परीयोजनामा आयोजना प्रमुख इन्जिनियर राजु पोखरेल, परामर्शदाता तथा ठेकेदारको मिलोमतोमा करोडौं चलखेल भएको चर्चा छ । धरानमा सरोकारवालाहरुले आयोजनाको लेखा परीक्षण गरीनुपर्ने माग पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =