इटहरी उपमहानगरपालिकाको बजेट १ अर्व ७८ करोड (पूर्ण पाठ)

काठमाडौँ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु एक अर्व ७८ करोड बजेट विनियोजन गरेको छ । उपमहानगरको आज आयोजित साताेँ नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रु ७१ करोड ७५ लाख चालु खर्च रहेको छ । पुँजीगत तर्फ रु १ अर्व ४ करोड ८५ लाख र वित्तीय व्यवस्था तर्फ रु १ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय सरकारबाट प्राप्त अनुदानबाट ३० करोड ९२ लाख, सशर्त अनुदानबाट ४१ करोड १८ लाख, सङ्घीय राजश्व बाँडफाँडबाट १५ करोड ५ लाख ८६ हजार ४१०, सङ्घीय सम्पूरकबाट १ करोड ६८ लाख, प्रदेश समानीकरण अनुदानबाट ९४ लाख ७० हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड, प्रदेश सम्पूरकबाट १ करोड, प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड २१ लाख ४३ हजार ५९०, आन्तरिक आयबाट ३८ करोड १५ लाख, तराई मधेस समृद्धिबाट ३५ लाख, शासकयि सुधार कार्यक्रमबाट २ करोड, न्यून वित्त परिचालनबाट ५ करोड ५० लाख, नपुग हुने रकम १० करोड सञ्चित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरी पूर्ति गरिने बताइन् ।
यस्तो छ विनियोजित बजेटको पूर्णपाठ :
आर्थिक वर्ष २०७७-७८ को नीति, कार्यक्रम तथा बजेट बक्तव्य
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977011066″ /]
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=101' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









