धरानमा ‘दुले चोर’को बिगबिगी !

धरान । सुनसरीको धरानमा शनिबार राती चोरी भएको छ । धरान ११ कल्यान चोक निबासी दिलमाया राईको घरमा चोरी भएको हो ।

घरबेटी दिलमाया राईका अनुसार आफुहरु राती करिब साढे ९ बजे सुतिसकेपछि चोरी भएको हो । ११ हजार पर्ने पानी तान्ने मोटर मात्र चोरी भएको जनकारी दिइन् । चोरी गर्ने व्यक्तिले आफुले बोक्ने मनसुन रेनकोट लेखिएको झोला त्यसभित्र टर्च लाईट, टिसर्टलगायत तरकारी त्यहि छोडेर भागेको उनले बताइन् ।करिब १५ दिनअघि पनि धरान १८ का श्री राईको घरबाट ४ वटा ग्यास सिलिन्डर चोरी भएको थियो । उक्त सिलिण्डर चोरी गर्नेलाई ४ दिनपछि सोही घरमा चोरी गर्दै गर्दा पक्राउ गरी ईलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको थियो ।यस्तै असार १ गते धरानको देउरालीमा घरमा ओथारो राखेको कुखुरा नै चोरी भएको स्थानीययले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =