धरानमा आत्महत्या गर्ने क्रम बढ्दो, १३ वर्षिय बालिकाले गरीन् आत्महत्या

धरान । सुनसरीको धरान–१८ बुद्धचोकमा आज शुक्रबार करिब ५ बजे एक १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छिन ।
ती बालिका आमा तथा एक जना भाई सँगै बाबुराम गुरुङको घरमा कोठा भाडा लिएर बस्दथे । ती बालिकाको बुवा काठमाडौंमा बस्दै आएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–३ की कबिता मुख्याकी १३ बर्षिय बालिका छोरी अल्का मुखियाले आफु सुत्ने कोठाको फलामको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी जानकारी दिए ।

मुखियाले आत्महत्या गर्नु अघि सुसाईट नोट समेत फेला परेको र उक्त सुसाइट नोटमा आफू लामो समय देखि बिरामी रहेको र त्यही पीरले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छिन् ।

उनले आफ्नो बिरामीका कारण आमा माथी बोझ बन्न नसक्ने कुरा संकेत गरेको पाईएको धरान वडा न. १८ का अध्यक्ष नरेन्द्र कुमार राई प्रबिनले बताए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय धरानले घटना स्थलको मुचुल्का उठाइ शवलाई वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ । आफन्तले जाहेरी दिएपछि शव पोस्टमार्टम गरिने बताउँदै घटनाको बिषयमा थप अनुसन्धान भैरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

यसैबिच पछिल्लो ५ दिनमा धरानमा ४ जनाले आत्महत्या गरिसकेका छन् । असार १ गते धरान १३ मा एक व्यक्तिले कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । असार २ गते विजयपुरमा एक युवा पनि बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए । यस्तै, असार ३ गते पनि धरान ११ मा एक महिलाले आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =