मदन भण्डारीको हत्यारा पत्ता लगाउन बजेट छुट्याउँः कार्की

काठमाडौं। नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन बजेट छुट्याउनु पर्ने बताएका छन्। प्रदेशसभा बैठकमा कार्कीले प्रदेश १ को सरकारलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन बजेट छुट्याउन सुल्झाए।

उनले भनेका छन्, ‘मदन भण्डारी यही प्रदेशमा जन्मेको मान्छे, यही प्रदेशबाट राजनीतिक सुरुवात गरेको मान्छे। मदन भण्डारीको हत्यारालाई पत्ता लगाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममा हालोस्। बजेटमा पनि हालोस्। हामी संकल्प प्रस्ताव पारित गरौँ।’

कार्कीले राजनीतिक गर्न अन्य मानिसको सुरक्षाका लागि पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताए। ‘हामी राजनीतिक गर्ने मानिसहरू, विचार दिने मानिसको भोलि हत्या नहोस्। उहाँको हत्यारा पत्ता लगाउन बजेट छुट्याउ। हामी स्वागत गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘हाम्रा सांसद कोषको बजेट, हाम्रो भत्ता काटेर हालौं। मदन भण्डारीको हत्या पत्ता लगाउन। हामी अब अभियान सुरु गरौंन। प्रदेशले नै।’

जनताले स्वीकारेका र पार्टीलाई विचार, मार्ग निर्देशन दिएका मदन भण्डारी जस्तो नेताको नाममा विरोध नभई विवाद नहोस् भन्ने चाहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =