गर्मी मौसममा सर्पको बिगबिगी ! यसरी बच्नुहोस् टोकाईबाट

 

साउन २६, काठमाडौँ । अरु मौसमको तुलनामा गर्मी मौसममा सर्पको बिगबिगी हुने गरेको पाईन्छ । गर्मी मौसममा बिशेषगरी तराई क्षेत्र वा गाउँघरमा सर्पको टोकाईबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको खबरहरु हामीले दैनिक जसो सुनेका पनि हुन्छौँ र देखेका पनि हुन्छौँ । 

जाडो मौसममा सर्प जमिनभित्रै बस्ने भएपछी गर्मी मौसममा धेरै गर्मीका कारण हावा खान सर्प जमिन बाहिर निस्कने हुन्छन् । सर्प एउटा घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। सबै सर्प बिषालु हुदैनन्। करिब नब्बे प्रतिशत सर्प बिषालु हुदैनन्। विषालुमध्येमा पनि मानिसलाई डसेर समस्या पार्ने गोमन र करेतले हो। 

null

जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन।आफूलाई सुरक्षा खतरा देख्यो भने मात्र उनीहरुले मानिसलाई डस्ने हो । सर्पको डसाईबाट कसरी बच्न सकिन्छ तल बताईएको छ । 

– सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ । 

– घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ । 

– सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुंगा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न । 

– सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ । 

– सर्पले मरेको जस्तो स्वाङ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ । 

– साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ । 

– राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ । 

– सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिँड्नु हुँदैन । 

– ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =