रोजगारीको लागि भारत जाने प्रत्येक नेपालीको श्रमसम्झौता हुनुपर्छ : आचार्य

फागुन २१, काठमाडौं, २१ फागुन । प्रवाशी नेपाली लालीगुराश समन्वय समिति, बैंग्लोरका संस्थापक अध्यक्ष तथा समाजसेवी दिलिप आचार्यले भारतसँग पनि नेपाल सरकारले श्रम सम्झौता गरेर कामदार पठाउनुपर्ने सुझाव दिएका छन् ।   

अन्य देशमा जाने युवाहरुजस्तै भारत रोजगारीमा जाने युवाहरुको लागि यो व्यवस्था तत्काल लागु गर्नेपर्ने उनको माग छ ।   

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएका हुन् । उनले आफूमाथि पनि श्रमशोषण भएको दुःखेसो पोखे । अन्य मुलुकमा श्रमको लागि जाने युवाहरुकोजस्तै भारतमा पनि ओभर टाईम काम गरेको भए त्यसको उचित मुल्यांकन हुनुपर्ने उनको सुझाव छ ।   

null

फरक प्रसँगमा उनले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत सबै शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भनेर संसदमा बोलेको कुरा स्वागतयोग्य भएको भन्दै तत्काल यो लागु गर्न माग गरे । 

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई राजनीतिक रुपमा किन प्रतिबन्ध लगाईयो ? भनेर प्रश्न समेत गरे । त्यस्तै, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीजस्तो स्वतन्त्र व्यक्तिमाथि प्रहरी प्रशासनले धरपकड किन गरेको छ भन्दै अर्को प्रश्न उठाए । शाहीलाई निर्वाध रुपमा आफ्ना कामहरु गर्न दिनुपर्ने उनको भनाई छ ।   

टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने राम्रो मान्छे भएको सुनाउँदै उनको कारण धेरै नेपालीहरुको उद्धार र भलाई भएको पनि आचार्यले तर्क गरे । उनले भने,‘तर, उहाँलाई किन दुःख दिईयो ?’ उनले भारतसँगको सीमा विवादपनि जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग आग्रह गरे ।   

कार्यक्रममा अर्का सामाजिक अभियन्ता हेमन्त थापाले आचार्यले उठाएका सवालहरु जायज रहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *