गर्मीमा स्वास्थ्यकाे हिसाबले कुलर र एसीमा कुन ठिक थाहा पाउनुस्

भाद्र २९ ।  केही दिनको झरी थापिमएसँगै वायुमण्डलमा तातो हावा चल्न थालेको छ । घामको राप थप चर्को बन्दैछ । 

तराई लगायतका क्षेत्रको तापमान उच्च रहने गर्छ । तराईका खासगरी शहरी क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुनेगर्छ । मध्य गर्मीमा काठमाडौंको तापमान ३० डिग्री सेल्सियस पुग्छ । रुपन्देही, भैरहवा, बारा लगायतको गर्मी खपिनसक्नु हुन्छ । यी क्षेत्रमा तातो हावा चल्ने गर्छ । 

यसरी बढ्ने गर्मीबाट कसरी राहत पाउने ? 

Image result for कूलर एसी

केही विकल्प छन् । प्राकृतिक रुपमा र कृतिम रुपमा गर्मी छल्ने काइदा छन् । कोही गर्मी छल्न हिल स्टेशन अर्थात पहाडी क्षेत्रतिर उक्लन्छन् । कोही चिसो पानीमा डुबुल्की मार्छन् । कोही एसी, फ्यान वा कुलरको साहारा लिन्छन् । 

हिल स्टेशन जाने, पौडी खेल्ने आदि दीर्घकालिन उपाय होइन । किनभने हामी आफ्नो कामकाज, पेशा, व्यवसाय छाडेर गर्मी अवधीभर पहाडतिर उक्लन सक्दैनौ । चिसो पानीमा डुबुल्की मारेर बस्ने कुरा पनि भएन । 

गर्मी क्षेत्रमा घर, कार्यलय, कार्यथलो आदिमा फ्यान, एसी, कुलर जस्ता उपकरण जडान गरिन्छ, जसले कृतिम रुपमै भएपनि गर्मीबाट राहत दिलाउँछ । अर्थात आफ्नो कोठा, कार्यथलोलाई वाताअनुकुलित बनाएर गर्मी छल्न सकिन्छ । 

हुन त तपाईं/हामीले अनुभव गरेकै छौ, कुलर वा एसीमा लामो समय बस्दा टाउको दुख्ने, रुँघा लाग्ने जस्ता समस्या हुन्छ । खासगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई यसबाट थप हानी हुन्छ । त्यसो भए यी उपकरणमध्ये कुन बढी प्रभावकारी र स्वास्थ्यका हिसाबले कुन उपयोगी त ? 

हाम्रो स्वास्थ्यका हिसाबले एसी उपयुक्त कि कुलर ? 

कतिपय अवस्थामा एसी पनि ठिक लाग्छ । किनभने यसले हावालाई चिसो बनाउनका साथै खानेकुरालाई पनि ताजा राख्न सहयोग गर्छ । त्यसैगरी कुलरको कुरा गर्दा यसले धेरै विद्युत खपत गर्दैन । स्वास्थ्यका हिसाबले चाहि कुन बढी उपयोगी त ? 

कुलरको खतरा 

कुलरको पानी यदि समयमा बदलिएन भने यसबाट डेंगु, मलेरिया फैलाउने लामखुट्टे फैलन सक्छ । जबकी एसीमा त्यस्तो खतरा हुँदैन । हुन त लगातार एसीमा बस्नु पनि शारीरिक हिसाबले फाइदाजनक मानिदैन । तपाईं लगातार एसीमा बस्नुभयो भने एसीमै बस्ने बानी पर्छ । यसले तपाईंको प्रतिरक्षा प्रणालीमा पनि समस्या निम्त्याउँछ । किनभने एसीमा बसिरहँदा शरीरले जसरी पसिना निकाल्नुपर्ने हो, सो निस्कदैन । 

श्वासप्रश्वासको समस्या 

एसीमा लामो समय विताउने व्यक्तिलाई श्वासप्रश्वासको समस्या हुनेगर्छ । एसी चलाइरहेको बेला हामी सबै झ्याल ढोका बन्द गरेर बस्छौ । बाहिरको हावा घरभित्र पस्न पाउँदैन । जति हावा कोठा एंव घरभित्र हुन्छ, त्यती हावा प्रदूषित अवस्थामा पनि हुन्छ । यसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ । यो समस्या अझ उनीहरका लागि बढी हुनसक्छ, जसलाई दमको समस्या छ । 

साइनस र टाउको दुखाई 

ति व्यक्ति जो एसीमा चार घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरुलाई साइनसको खतरा हुन्छ । 

तौल बढाउन सक्छ 

कहिले काहीँ यस्तो पनि देखिएको छ कि, एसीको कारण व्यक्तिको तौल बढ्ने । कारण के हो भने, जब तपाईं एसीमा बस्नुहुन्छ तपाईंको मेटाबोलिज्म कम हहुन्छ । दिनभर एसीमा बसेर काम गरिरहँदा शरीरबाट पसिना निस्कदैन । शरीरको फ्याट बर्न हुँदैन । यही कारण मोटोपन बढ्ने भय रहन्छ । 

छाला रुखो हुन्छ 

एसीमा लगातार बसिरहँदा छाला रुखो हुने समस्या हुन्छ । एसी २० देखि २२ डिग्रीसम्म चलाइएको छ भने त खास समस्या भएन, तर त्यो भन्दा बढी चलाउँदा त्यसले छालालाई रुखो बनाउँछ । यसैले एसीमा बस्दा पर्याप्त पानी पनि पिउनुपर्छ । 

ताजा हावाबाट बञ्चित 

जब तपाईं लामो समय एसी रुपमा बस्नुहुन्छ, ताजा हावा प्राप्त हुँदैन । फ्रिन ग्यासले तपाईंको कोठाको वातावरण गर्मीलाई अवाशोषित गरेर कोठालाई चिसो बनाउँछ । गर्मी हावा र वतावरण पनि स्वास्थ्यका लागि आवश्यक छ । शरीरको तापमान सन्तुलन राख्नका लागि हामीले चिसो हावाका साथै गर्मी हावामा पनि बस्नुपर्ने हुन्छ । 

गर्मीमा घरलाई सितल राख्न यी तरिका 

चर्को गर्मी खुला ठाँउमा त झेल्नैपर्छ ।गर्मीको सिजनमा घरमा प्रवेश गर्दा पनि उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । त्यसैले गर्मी महिनामा घरलाई सितल बनाइ राख्नुपर्छ । 

तर, कसरी ? 

झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ । 

झ्यालको पर्दा पातलो, पारदर्शी हुनुपर्छ । उज्यालो रंगको पर्दा उपयोगी हुन्छ । बेड कभर पनि सकेसम्म उज्यालो रंगको भए राम्रो । 

इनडोर प्लान्टले कोठको शोभा मात्र बढाउँदैन, सितलता समेत प्रदान गर्छ । झट्ट हेर्दा पनि सितल अनुभव हुन्छ । 

कोठामा अनावश्यक सामग्री धेरै राख्नु हुँदैन । सकेसम्म खुला हुनुपर्छ । एकै ठाँउमा धेरै सामग्री राख्दा पनि त्यसले गर्मी पैदा गर्छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =