उपभोक्ताको स्वास्थ्यमा खेलवाड: म्याद नाघेका बस्तुको खुलेयाम बिक्री

फागुन २२, चितवन ।  चितवनमा म्याद सकिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री वितरण भईरहेको छ । 

मिति सकिएका खाद्य बस्तुदेखी पेय पदार्थहरु बिक्री बितरण भईरहेको बिहीबार जिल्लाको राप्ती नगरपालिकाका बिभिन्न क्षेत्रमा गरिएको अनुगमनबाट फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको नेतृत्वमा होटल, केक हाउस,किराना पसलमा गरिएको अनुगमनमा यस्तो फेला परेको हो ।  

डिभिजन कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय चितवन,उपभोक्ता अधिकार संरक्षण मंच, प्रहरी, पत्रकारको उपस्थितीमा नगरका ६ वटा होटल, १ किराना पसल र १ केक हाउसमा अनुगमन गरिएको थियो ।  

अनुगमनका क्रममा राप्ती स्थित चौलागांई किराना पसलले मिति सकिएका करेण्ट ब्राण्डको धुलो मसला बिक्री गरेको पाईएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका खाद्य निरीक्षक प्रदिप काफ्ले बताए । मिति सकिएका ९० प्याकेज धुलो मसला जफत समेत गरिएको काफ्लेले जानकारी दिए ।  

नजिकैको एक होटलमा अनुगमन गर्दा धुलो मसलाको मिति सकिएको पाईएको थियो । त्यस्तै राप्ती ५ भण्डारामा रहेको लक्ष्मी मिष्ठान्न भण्डारमा मिति सकिएका पेय पदार्थ बिक्रीका लागि राखिएको पाईएको खाद्य निरीक्षक काफ्लेले बताए । टोलीले राप्ती १ को लोकप्रिय स्टाफ होटल, तिलस्मी स्टाफ होटल, सोनु स्टाफ होटल, राप्ती ४ को हाईवे खाजा घर, हाईवे स्टाफ होटल, चौलागांई किराना पसल, न्युन मोडल केक हाउस र लक्ष्मी मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो । 

 त्यस मध्ये सोनु स्टाफ होटल र तिलस्मी स्टाफ होटल र चौलागांई किराना पसललाई आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको छ । तिनिहरुमा सरसफाई कमजोर रहेको, भौतिक पुर्वाधार कमजोर रहेको, आवश्यक कागजात फेला नपरेका, सम्बन्धीत संचालक फेला नपरेकाले कार्यालयमा स्पष्टीकरणका लागि बाेलाईएको हो ।  

जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा उमेश पन्थी, घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका नारायणदत्त त्रिपाठी, उपभोक्ता अधिकार संरक्षण मंचका महादेव हुमागांई लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =