बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाताभित्र अवस्थित विद्यालयमा बम बिस्फोट
२०७६ भदौ २० गते

भदौ २०, धरान । सुनसरीको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाताभित्र रहेको दिल्ली पब्लिक उच्च माविमा बम बिस्फोट भएको छ । बिहीबार राती करिब १२ बजेर ४० मिनेटमा बिद्यालयमा बम बिस्फोट भएको हो ।
बिस्फोटका कारण बिद्यालयको उत्तर पटीको गेटमा क्षति पुगेको छ । बिस्फोट भएको बम प्रेसर कुकर बम हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि देशका विभिन्न स्थानमा स्थानीय तहका कार्यालयमा लक्षित गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराइरहेकाले यो बिस्फोटमा पनि उसकै संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
२०७६ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








