पीपीएल क्रिकेट : विराटनगरलाई हराउँदै चितवन रोइनोज शीर्ष स्थानमा

पुष ६, पोखरा । पोखरामा जारी  पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा अंक तालिकाको शीर्ष स्थानमा रहेको चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको छ ।   

टस हारेर ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमध्ये १ ओभर बाँकी छँदै अलआउट भइ १ सय २८ रनमा सीमित रह्यो । 

विराटनगरका ८ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । विराटनगरका लागि उत्कृष्ट अर्धशतकीय पारी खेलेका लोकेस बम ६२ रन बनाएर आउट भए ।   

पुनितले व्यक्तिगत २४ रन बनाएर आउट भए । नोमान खान १८ रनमा आउट भए । 

बलिङतर्फ करण केसी र भुवन कार्कीले समान ३-३ विकेट लिए । 

रोहन मुस्ताफा २ र सन्नी पटेलले १ विकेट लिए ।   

यसअघि चितवनका लागि कप्तान पारस खड्काले ३८ बलमा ५ चौकाको सहायताले ३५ रन बनाए ।  त्यस्तै बाबर २५ रन बनाएर आउट भएका थिए । 

आजको दोस्रो खेल बुटवल र धनगढी बीच हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =