आर्थिक विकास विषयक ३ दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी सुरु

 

पुस २७, चितवन । सञ्चारकर्मी एवं पत्रकारका लागी कृषि तथा आर्थिक विकास विषयक ३ दिने क्षमता अभिबृद्धि कार्यशाला गोष्ठी चितवनमा शुरु भएको छ । 

मिडिया एक्सन नेपाल र हेफर इन्टरनेशनल नेपालको आयोजनामा भएको गोष्ठीमा चितवनसहित १४ जिल्लाका २९ जना पत्रकारहरुको सहभागिता रहेको छ । गोष्ठीमा प्रशिक्षण दिदै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशको आर्थिक विकासका लागी पत्रकारहरुले कृषि पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समयमा नेपालमा राजनीतिक पत्रकारिताले प्राथमिकता पाएको भन्दै उनले नागरिकको जिविकोपार्जनका विषयमा पत्रकारितालाइ शसक्त बनाउनुपर्ने बताए । 

null

डाटा (तथ्यांक) पत्रकारितामा मानिसको चासो बढ्दै गएको भन्दै उनले तथ्यांकले समाचारको पुष्टिलाई अझ बलियो बनाउने बताए । गरिबी निवारणका लागी कृषि क्षेत्रमा आएका आधुनिकीकरण, समस्या, सरकारका योजना एवं नीति लगायतका विषयमा कलम चलाउन उनले आग्रह गरे । कृषि समाचार किन लेख्ने भनि सोधिएको प्रश्नमा वैदेशिक रोजगारमा विदेश पलायन भएका युवाहरु लाई नेपालमा नै रोजगारी सिर्जना गर्न एवं कृषकका समस्या समाधान गरि उत्पादकत्व बृद्धि गर्न समाचार लेखिनुपर्ने गोष्ठीमा सहभागि पत्रकारहरुले बताएका थिए । 

हेफर इन्टरनेशनल नेपालका निर्देशक तिर्थराज रेग्मीले सरकारले साना किसानमैंत्री कृषि कार्यक्रम ल्याएर कृषि उत्पादन बृद्धि गर्नुपर्ने बताए । कृषि प्रधान देश भएर पनि विदेशबाट खाद्यान्न आयात गर्नुपरेको भन्दै उनले सार्वजनिक निजी र उत्पादक साझेदारी योजनाबाट कृषि उत्पादन प्रणालीको विकास गर्नुपर्ने बताए । नेपालमा ७० प्रतिशत कृषि र पशुजन्य बस्तु साना किसानले उत्पादन गर्ने गरेको उनको भनाइ छ । करिब ६६ प्रतिशत जनसंख्या अझै पनि कुनै न कुनै प्रकारले कृषिसँग आधारित रहेको भन्दै उनले कृषि उत्पादनलाई औद्योगिक क्षेत्रसँग जोड्नुपर्ने बताए । 

कृषि तथा आर्थिक विकास सम्बन्धि समाचार लेखनको विषयमा शुक्रबार सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसुदन दवाडीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । हिजो बिहीबारदेखि सुरु भएको कार्यशाला गोष्ठी भोलि शनिबार सम्पन्न हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =