मदन भण्डारी राजमार्गलाई प्रधानमन्त्री ओलीको गृहनगरतर्फ सोझ्याउन खोजिएपछि…

पुस १४, काठमाडौं । मदन भण्डारी राजमार्गको पूर्वी रुटका विषयमा स्थानीयहरूले विरोध सुरु गरेका छन् । 

सरकारले दुई वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) अन्तर्गत मोरङ, इलाम र झापा जिल्लामा कहाँबाट राजमार्ग लैजाने भन्ने विषयमा स्थानीयहरूले विरोध सुरु गरेका हुन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई पूर्वपश्चिम राजमार्गले छुन्छ । यही राजमार्गभन्दा माथि उत्तरतर्फ प्रधानमन्त्रीकै अग्रसरतामा ‘भ्यु टावर’ पनि बन्दैछ । अब यही भ्युटावर आसपास पर्ने गरी मदन भण्डारी राजमार्ग पनि बनाउन तयारी भएको भन्दै माथिल्लो भेगमा स्थानीयहरूले विरोध सुरु गरेका हुन् । 

उनीहरुले मोरङको लेटाङबाटै दमकतिर सहज हुने गरी राजमार्गको रेखाङ्कन हुन लागेको आरोप लगाएका छन् । टाँडीतर्फ जानुपर्ने राजमार्ग मधुमल्लातिर सोझिने पक्का भएपछि विरोध चर्किएको हो । 

यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने घोषणा गरिए पनि यसको १२० किलोमिटरको पूर्वी तथा १० किलोमिटरको पश्चिम खण्डमा भने अझै पनि रुटबारेको विवाद टुंगिएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =