बाराको निजगढमा सनराइज बैंकको ११५ औं शाखा संचालनमा
२०७६ साउन २१ गते

साउन २०, काठमाडौं । सनराइज बैंकले निजगढमा ११५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।
सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यलयको उद्घाटन गरे ।
null
यस्तै निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले एटिएमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले ११५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








