खेतमा जमेको पानी तान्न खोज्दा करेन्ट लागेर मृत्यु
२०७६ साउन १५ गते

साउन १४, झापा । झापामा खेतमा जमेको पानि तान्न मोटरको नाङ्गो तार छुँदा करेन्ट लागेर एक १९ वर्षिय किशोरको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भिर घाईते भएका कनकाई नगरपालिका सेल्फीडाँडा २ बस्ने १९ वर्षीय सोम किस्कुको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
null
सोमबार बिहान सोही नगरपालिका बस्ने टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्न जाँदा खेतमा जमेको पानीलाई मोटर लगाएर तान्ने क्रममा विद्युतको नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
२०७६ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








