थाइल्याण्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र

 

साउन २३, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । 

भोलि (साउन २४ गते) पारिवारिक भ्रमणका लागि उनी थाइल्याण्डको बैंकक जान लागेका हुन् । उनको साथमा निजी सचिव सागर तिमल्सिना पनि जानेछन् । 

null

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाह पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ । 

पूर्वयुवराज्ञी हिमानी शाह भने बुधबार नै दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गइसकेकी छिन् । परिवार नै दशैँको केही दिनअघि मात्रै फर्कने स्रोतको भनाइ छ । 

करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =