मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरले दिइन यस्ताे निर्देशन

मंसिर २०, काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   

उनले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । दोस्रो प्रशोधन केन्द्रको काम अन्तिम चरणमा छ । 

सुन्दरीजलमा बनिरहेका दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ । अर्को अन्तिम चरणमा छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ करोड लिटरका दुइवटा प्रशोधन केन्द्र सुन्दरी जलमा बनेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ  ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =