अक्षय कुमारको ‘गुड न्यूज’ कमाई २०० करोड पुग्यो

माघ ६, कामाडौँ । भारतीय स्टार अक्षय कुमार अभिनित चलचित्र ‘गुड न्यूज’ ले २०० करोड कमाउन सफल भएको छ । यस चलचित्रले प्रदर्शनमा आएको चौथाैँ हप्तामा २ सय करोड कमाएको हो ।
यस चलचित्रले चौथो हप्ताकाे शुक्रबार ७५ लाख, शनिबार १ करोड ४० लाख र आइतबार १ करोड ८९ लाख कलेक्सन गर्दै २०१ करोड १४ लाखको व्यापार गरेको छ ।
यो फिल्मले ३ दिनमा ५० करोड कमाइ गरेको थियो भने ६ दिनमा १०० करोड, ७ दिनमा, १२५ करोड, १० दिनमा १५० करोड १३ दिनमा १७५ करोड र २४ दिनमा २०० करोड कमाई गर्न सफल भएको छ ।

राज मेहताद्वारा निर्देशित यस चलचित्रले भारतिय बक्स अफिसमा निकै राम्रो कमाई गर्न सफल भएको छ भने विदेशमा पनि निकै राम्रो कमाई गरिरहेको छ ।
कमेडीले भरपुर यस चलचित्रमा अक्षयसँगै करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणी को मुख्य भुमिका रहेको छ । डिसेम्बर २७ शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले प्रदर्शन मिति देखी नै बक्स अफिसमा धमाका मच्चाउँदै आईरहेको थियो ।








