नेपाल ट्रस्टको स्वामित्वमा रहेको हिमागृह यतीलाई दिन चलखेल
२०७६ पुस १३ गते

पुस १३, काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ।
पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरा फेवाताल किनारमै अवस्थित १० रोपनी चार आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भइरहेको स्रोतको दाबी छ।
सरकारको चाहनामा २०७३ वैशाख ८ गते आङछिरिङ शेर्पा स्वामित्वको यती समूहलाई हिमागृह र त्यसले चर्चेको जग्गा भाडामा दिने निर्णय भएको थियो। त्यतिबेला पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका थिए। यो समाचार नागरिक दैनिकले छापेको छ ।

२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








