कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जना पक्राउ

चैत्र २६, कैलाली । कैलालीमा कोरोना संक्रमित भेटिएको भन्दै स्टाटस लेखेर नागरिकलाई त्रसित बनाएकाे तथा अफवाह फैलाएकाे आरोपमा एक जना पक्राउ परेका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा टीकापुर नगरपालिका–१ को ब्लक नम्बर १० मा कोरोना संक्रमित भेटिएको भन्दै स्टाटस लेख्ने टीकापुर नगरपालिका–२ का पवनकुमार भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।  

प्रवक्ता बस्नेतका अनुसार पक्राउ परेका भट्टराईले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटस राखेको प्रहरी समक्ष बयान दिएका छन् । थप अनुसन्धान भइरहेको उनले बताए ।  

फरार अभियुक्त पक्राउ – Kalika News

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =