अब कामदार भिसामा पनि अमेरिका जान पाईने, कसरी भर्ने ?

फागुन १७, काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई कामदार भिसा खुल्ला गरेको छ । भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्ने भएको छ । उक्त भिसाको नतिजा पनि ३१ दिनमै आउने छ ।   

अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ देखि खुल्न लागेको हो । ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म मात्र खुल्ने युएससीआईएसले जनाएको छ ।   

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र संसारभरबाट अनलाइन आदेदन दिन सकिने प्रावधान छ । भिसा आवेदन दिनका लागि मात्र १० अमेरिकी डलर खर्च लाग्ने छ । 

null

कामदार भिसाका लागि आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ ।  यो प्रावधानले अमेरिका गएर काम गर्न चाहने नेपाली कामदारलाई पनि सहजता प्रदान गर्ने बताइएको छ ।   

इच्छुकले आवेदनका लागि यहाँ क्लिक गर्न सक्नेछन् ।   

https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *