विराटनगर म्यूजिक फेष्टिभल २०७६ हुँदै

असोज २९, विराटनगर । विराटनगरमा पाँचौ संस्करणको विराटनगर म्यूजिक फेष्टिभल २०७६ हुने भएको छ ।
लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना साथै विराटनगर महानगरपालिकाको मुख्य प्रर्वद्धकको रुपमा उक्त कार्यक्रम हुन लागेको हो । विराटनगरमा बुधबार लाईभ ईन्टरटेडमेन्ट विराटनगरले पत्रकार सम्मेलन गर्दे उक्त कुराको जानकारी दिएका हुन् ।
९ लाख बराबरको लागतमा आगामी कार्तिक ८ गते उक्त कार्यक्रम हुने कार्यक्रम संंयोजक सन्तोष महत ( स्यान्ट्रो ) ले बताएका छन् । कार्यक्रममा नेपालका चर्चित गायक सविन राई एण्ड फारोह ब्याण्डका मुख्य कलाकार रहने जनाईएको छ । त्यसैगरी भ्वाईस अफ नेपालका विराटनगरका श्रीजे एण्ड द प्ले व्याड, हिना एण्ड वदमास, द ग्रिन लिफ व्याण्ड, साथै विराटनगरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाए ।

विराटनगरमा विगत ४ बर्षदेखि निरन्तर संचालनमा आएको लाईभ ईन्टरटेडमेन्टले सुगम पोखरेल, आशिष राना (लाउरे) द स्मृती, उर्जा लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुती प्रदर्शनीमा ल्याई सकेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहार र छठ पर्व साथै नेपाल भ्रमण २०२० लाई समेत यसले टेवा पुग्ने आयोजक टिमले बताए ।








