अमेरिकी दूतावासले रद्द गर्यो भिसाका नियमित अपोइन्मेन्टहरु, इमरजेन्सी भए के गर्ने ?

चैत्र ६, काठमाडौं । अमेरिकी दुतावासले नोभल कोरोना भाइरस संक्रमणका कारण डाइभर्सिटी र गैर अप्रवासी भिसा बन्द गरेको छ । चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सटी भिसा र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ ।   

अमेरिकी दूतावासले २०७६ चैत १० गतेदेखि आप्रवासी भिसाका सबै नियमित अपोइन्टमेन्ट रद्द गर्ने दुतावासले जनाएको छ । दुतावासले भनेकोछ, ‘हामी यथाशक्य चाँडो भिसा सेवा पुनः सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ ।’   

दुतावासले एमआरभी शुल्क मान्य रहने र जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति प्रयोग गर्न सकिने बताएको छ ।  

दुतावासले अतिजरुरी कारणवश यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टको अनुरोध गर्न भनेको छ । जसका लागि आवेदकले [email protected]  मार्फत सम्पर्क गर्न सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =