सवारी पास लिएकालाई मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराइने : अध्यक्ष पोख्रेल
२०७६ चैत १२ गते

चैत १२, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदूर संघले अत्यावश्यक बाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर संचालनमा आएका सवारी साधनहरूलाई पेट्रोल पम्पको सूचना पाटीमा लेखिएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र पेट्रोलियम पदार्थ उपलब्ध गराइने व्यहोरा जानकारी गराएको छ।
सरकारको आग्रह अनुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको मजदूर संघका अध्यक्ष शिव पोख्रेलले जानकारी दिए ।
अध्यक्ष पोख्रेलका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्पमा कार्यरत मजदूरहरूलाई पम्पको बाहिर सूचना टाँस गरि आफू सुरक्षित स्थानमा बस्न समेत आग्रह गरिएको छ ।

अत्यावश्यकका लागि मात्र काठमाडौँ उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
२०७६ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








