काठमाडौँमा यसरी मनाइयो २९७ औँ पृथ्वी जयन्ती
२०७५ पुस २७ गते

पुस २७, काठमाडौँ । आज २९७ औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गरेकी छिन्।
null
कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।
त्यस्तै सञ्चारमन्त्री गोकुल बाँस्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, लगायतले पनि शाहको शालिकमा माल्यार्पण गरेका थिए ।
समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन पनि बजाइएको थियो।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकोले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।
२०७५ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








