भक्तपुरमा मापसे गरी मोटरसाइकल चलाउँदा गयाे ज्यान

माघ ५, काठमाडौँ । शनिबार राती भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा मापसे (मादक पदार्थ) गरी मोटरसाइकल चलाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । 

रातको करिब १२ बजे काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको प्रदेश नम्बर ३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक  जना गम्भिर घाइते भएका छन्  । 

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी शान्तिराज कोइरालाका अनुसार दुर्घटनामा  संखुवासभा जिल्ला चैनपुर गाउँपालिका घर हाल मध्यपुरथिमि बस्दै आएका ३५ वर्षिय मोटरसाइकल चालक सतेन्द्र लिम्बुको मृत्यु भएको छ ।   

Image result for मोटरसाइकल दुर्घटना

गम्भिर घाइते भएका सोही मोटरसाइकलमा सवार  झापा घर भई हाल थिमि बस्दै आएका  ५३ वर्षीय वासुदेव खरेल उपचार भने नागरिक अस्पतालमा भईरहेको छ ।   

प्रहरीका अनुसार अत्याधिक मादक पर्दाथ सेवन गरेका लिम्बुले चलाएको मोटरसाइकलले कौशलटार चोकमा रहेको प्रहरीको आइल्याण्डलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =