न्याय परिषद् सदस्यमा ‘निराला’को नाम अनुमोदन

पुष २०, काठमाडौं ।  संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर ‘निराला’ खड्काको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए । 

समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी नपरेपछि उनी सर्वसम्वत भएका हुन् । समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निराला न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको बताए । 

न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफु निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =