धनगढीका कोरोना संक्रमित पाँचमध्ये एक जनाको दोस्रो रिपोर्ट ‘नेगेटिभ’
२०७७ वैशाख ६ गते

वैशाख ६, धनगढी। धनगढीस्थित कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जनामध्ये एक जनाको रिपोर्ट ‘नेगेटिभ’आएको छ। कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको हो।
अस्पतालका प्रवक्ता तथा इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए। उनले तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्ने मिल्ने बताए। बाँकी चार जनाको रिपोर्ट भने फेरि पनि पोजेटिभ नै आएको डा. जोशीले बताए।
रिपोर्ट पोजेटिभ आएका चार जनामध्ये तीन जनाको तेस्रो र एक जनाको दोस्रो रिपोर्ट पोजेटिभ आएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का युवकको रिपोर्ट बाँकी चार जनाभन्दा अगाडी नै आएको थियो। अस्पतालकारअनुसार उनको चौथो पटक परीक्षणको तयारी हुँदै छ।

२०७७ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








