बेलुका खाना चाँडै खाँदा हुन्छ यती धेरै फाईदा

  

भाद्र १२ । हामीले बेलुका खाना सकभक चाँडै खाएको नै धेरै राम्रो हुन्छ । यसरी बेलुका खाना चाँडै खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाईदा हुन्छ । ती फाईदाहरु के–के हुन् तल बताईएको छ । 

१. तौल नियन्त्रणमा रहन्छ। यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। 

Image result for बेलुका खाना

२. छाति पोल्दैन। अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन । 

३. अधिक उर्जा पाउँन सकिन्छ। बेलुकाको खाना अबेर खाने हो भने बिहानको नास्ता खान त्यति मन लाग्दैन, जसबाट दिनभर उर्जाको कमी हुन सक्छ। यसविपरित चाँडै खाना खाने हो भने बिहान नास्ता राम्ररी रुच्छ र शरीरले उर्जा पाउँछ। 

४. हल्का महसूस हुन्छ। यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन। 

५. गहिरो निन्द्रा पर्छ। राति ढिला खाना खानाले निन्द्रा पनि ढिलै लाग्छ र निद्रा पूरै लाग्दैन। यसविपरित चाँडै खाना खानाले निद्रा नआउने समस्या केही हदसम्म कम गर्न सकिन्छ र यसबाट शरीरको चक्र पनि व्यवस्थित हुन्छ। 

६. पाचनका लागि बढी समय उपलब्ध हुन्छ। जति खाना खायो, उति नै पच्नुपनि पर्छ। खाना खाएपछि त्यसलाई पच्न समय लाग्छ। यदि चाँडै खाना खाने हो भने त्यसलाई पचाउने समय पनि पाइन्छ र यसबाट बिहान ताजा अनुभूति पनि हुन्छ। तर, ढिला खानाले रातभर सुतेपछि पनि पाचनप्रक्रिया चलिरहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। 

७. पेटको रोग कम हुन्छ। सही समयमा खाना खानाले पूर्ण रुपमा पच्छ, यसबाट पेट सधैं सफा रहन्छ। पेट दुख्ने, ग्यास र अपचको समस्या पनि हुँदैंन। यसका अलावा छाला पनि चम्किलो हुन्छ। 

८. चाहेको खान सकिन्छ। चाँडै खाना खाँदा तपाईं आफैं निर्धारण गर्न सक्नुहुन्छ के–के खाने भनेर। यदि खाना खाएपछि डेजर्ट खान मन लाग्छ भने तपाईं आरामले खान सक्नुहुन्छ, किनकि खाना पहिले नै पचिसकेको हुनेछ। एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =