धरानमा सवारी दुर्घटनामा परी दिपेश भट्टराई घाईते
२०७४ जेठ १५ गते

धरान, फागुन ६ । सुनसरीको धरानमा आज भएको सवारी दुर्घटनामा परी एकजना घाईते भएका छन् ।
विराटनगर धनकुटा राजमार्ग स्थित धरानको तीनकुनेमा ईटहरी तर्फ जादै गरेको चेल्सी यातायातको को १ ख ५३३८ नम्बरको बसले को ३१ प ६६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका चतरा वडा नं २ बस्ने दिपेश भट्टराई घाईते भएको प्रहरी बिट घोपाले जनाएको छ ।
घाईते भट्टराईको आँखामा गहिरो चोट लागेको छ । उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार हुदैछ ।
बसका चालक तथा बसलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








