एनआईसी एशियाले एकै दिन विस्तार गर्यो ५ नयाँ शाखा

 

बैशाख ११, काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बुधबार एनआईसी बैंकले सबै शाखाहरुको उद्घाटन गरेको हो । 

null

मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोही वडाका वडाध्यक्ष ईन्द्र बहादुर प्रजापतिले उद्घाटन गरेका थिए भने कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको उद्घाटन कृष्णहरि थापाले गरेका थिए । 

यसैगरी सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडाध्यक्ष कमलनाथ आचार्य, चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगल चोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारा स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले आज उद्घाटन गरेका थिए । 

एनआईसी बैंकले मुलुकभर रहेको २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

करिब १५ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =