गुन्डा नाइके समीरमान बस्नेतलाई मुस्ताङ लगियो

काठमाडौँ, असोज १५ । गुन्डा नाइके समीरमान बस्नेतलाई मुस्ताङ लगिएको छ ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई सोमबार बिहान ९ बजेको विमानमार्फत मुस्ताङ लगिएको हो ।

जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई गत मंसिरदेखि नख्खु कारागारमा राखिएको थियो ।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बस्नेतलाई अध्यक्ष गौचनको हत्याको अभियोगमा भारतमा पक्राउ गरी १७ मंसिर ०७४ मा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =