मुटु प्रत्यारोपण गर्ने नेपाली डाक्टर अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि मनोनित

काठमाडौँ, असोज १५ । मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरी मानिसको ज्यान जोगाएका डाक्टर मुकुन्द धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् ।

सेन्ट भिसेन्टका नेपाली डाक्टर धितालले चल्न छाडिसकेको मुटुलाई समेत चल्ने बनाएका सेन्ट भिसेन्टका नेपाली डाक्टर धिताल हालै सार्वजनिक ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा परेका हुन् ।

सामान्यतया चिकित्सकले ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भइसकेका व्यक्तिको धड्कन चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने गर्छन् । तर धितालले चल्न छाडिसकेको मुटुलाई समेत चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन्। हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील छन्।

मुटुको सफल प्रत्यारोपण गरी मानिसको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

कलेजोलाई बरफमा राखेर बचाएजस्तो मुटुलाई राख्न सकिँदैन। हाल सर्जनहरूले बढीमा आधा घण्टासम्म रोकिएको मुटुलाई पुनः चालमा फर्काउन सक्छन् र ६ घण्टासम्म कृत्रिम तरिकाले पम्प गराउन सक्छन्।

एसोसिएट प्रोफेसर डा. धितालले हासिल गरेको उपलब्धिका कारण अष्ट्रेलियामा प्रत्यारोपणका लागि उपलब्ध मुटुको संख्या दोब्बर हुन सक्ने टेलिग्राफले अनुमान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =