पेट्रोलियम मजदुर संघद्वारा नि:शुल्क व्यक्तिगत सुरक्षा सामाग्री वितरण

चैत्र १९, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदूर संघ केन्द्रिय समितीले पेट्रोलियम क्षेत्रमा कार्यरत मजदूरहरूको लागि व्यक्तिगत सूरक्षा सामाग्री निःशुल्क वितरण गरेको छ ।  

नेपाल आयल निगमको सहयोगमा सो संघको केन्द्रिय समितिले पेट्रोलियम क्षेत्रमा कार्यरत मजदूरहरूको लागि व्यक्तिगत सूरक्षा सामाग्री निःशुल्क वितरण गरेको हो । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले आज एक कार्यक्रमका बिच मजदूर संघका केन्द्रीय पदाधिकारी टिमलाई उक्त सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् । 

पेट्रोलियम मजदूर संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेलको संलग्नतामा भक्तपुर जिल्ला कमिटी अध्यक्ष  केदार खत्रीलाई १३०० थान ग्लोब्स, १३थान सेनिटाइजर, ३५० थान माक्स भक्तपुर जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको लागि हस्तान्तरण गरे । 

त्यसैगरि ललितपुर जिल्ला कमिटी अध्यक्ष सुरोज महर्जनलाई १७०० थान ग्लोव्स, १७ थान सेनिटाइजर, ५०० थान माक्स ललितपुर जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको लागि पठाईएको छ । 

काठमाडौं जिल्ला कमिटी अन्तर्गत रहेका ४ वटै इलाका अध्यक्षहरूलाई लाई ६० पाकेट (६०००) थान ग्लोव्स, ६० थान सेनिटाइजर, २००० थान माक्स काठमाडौं जिल्लामा कार्यरत पेट्रोलियम मजदूरहरूलाई वितरणको लागि पठाईसकेको जानकारी दिइएको छ ।  

अखिल नेपाल पेट्रोलियम मजदुर संघ र गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसनको सहकार्यमा पेट्रोलियम क्षेत्रमा काम गर्ने हरुलाई सुरक्षा सम्बन्धि सामग्री वितरण गर्न आजबाट सुरु गरिएको गण्डकी प्रदेश कमिटी अध्यक्ष क।दुर्गा प्रसाद कँडेलले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =