सर्पको टोकाइबाट शिक्षिकाको मृत्यु भएपछी विद्यालय बन्द
मकालु खबर
२०७६ असार २१ गते
असार २०, बीरगन्ज । पर्सामा बिषालु सर्पको टोकाईबाट एक २८ वर्षिय शिक्षिकाले ज्यान गुमाएकी छिन् ।
सर्पकाे टाेकाइबाट गम्भिर घाईते भएकी पर्सागढी नगरपालिका वडानम्बर १ मनवा बस्ने अन्दाजी २८ वर्षीया शिक्षिका सुनिता तिवारीकाे उपचारको क्रम ज्यान गएको हो ।
null
मृतक तिवारीका आफन्तका अनुसार राति सुतिरहेकै अवस्थामा उनलाई सर्पले टोकेपछी तत्काल उपचारको लागि नारायणी अस्पताल ल्याइएको थियो । नारायणीमा उनको उपचार सम्भव नभएपछी चिकित्सकको सल्लाहमा उनलाई रक्सौलस्थित डंकन अस्पतालमा लगिएता पनी उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मनवास्थित माध्यमिक विद्यालयमा पढाउँदै आएकी सुनिताको मृत्युपछी उनको शोकमा मनवास्थित विद्यालय बन्द गरिएको छ ।
मकालु खबर
२०७६ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित