प्रेस स्वतन्त्रताविरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा हस्ताक्षर संकलन
असार ४, मोरङ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित प्रेस स्वतन्त्रता विरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा हस्ताक्षर संकलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङले विराटनगर–९ मेनरोडस्थित बी प्लटमा मंगलबार एक कार्यक्रमको आयोजना गरि सो विषयमा हस्ताक्षर संकलन गरेको हो ।
null
सरकारले बैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको विश्लेषण गर्दै आन्दोलित भएका पत्रकारहरुले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेका छन् ।
महासंघको केन्द्रीय सर्कुलर अनुसार तेश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मिडिया काउन्सिल विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरिएको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।
संकलित हस्ताक्षर आगामी असार ६ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने उनले जानकारी दिए ।