१५ वर्षिय किशोरीबाट यौनधन्दा चलाउने दम्पत्ती पक्राउ

 

जेठ ८, बुटवल । बुटवलमा होटलको नाममा यौनधन्दा चलाउँदै आईरहेका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  

पक्राउ पर्नेमा बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलका संचालक टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेत भएको इलाका प्रहरी कार्यालय बुटवले जानकारी दिएको छ । 

null

यी दुई दाम्पतीले कपिलवस्तु घर भएकी १५ वर्षीया एक किशोरीलाई करिब ६ महिना देखी बन्धकजस्तै बनाई उनीबाट यौनधन्दा चलाउँदै आईरहको र त्यो पिडा सहन नसकी ति किशोरी भागेपछी उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । 

होटलमा बढार कुँडार गर्न भनि राखिएकी ती किशोरीलाई यौन शोषण गर्दै आईरहेको र अन्य होटलमा समेत यौन धन्दाको लागि पठाउन थालिएपछि किशोरी भागेको प्रहरीले जानकारी दिएको छ । 

होटलमा काम गरेको पैसा पनि होटल संचालकले नदिएको र उनले यौन शोषणमा पाएको रकम समेत यी दुई दाम्पत्तीले दिदैँ आईरहको पीडित किशोरीले बताएको प्रहरीले जनाएको छ । 

पक्राउ परका संचालक दाम्पत्तीमाथी मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । यी दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *