मे मेजरमेन्ट मन्थकाे अवसरमा १ नम्बर प्रदेशमा बिशेष कार्यक्रम

बैशाख १९, विराटनगर । मे मेजरमेन्ट मन्थ अथार्त रक्तचाप मापन अन्तराष्ट्रिय अभियानको अवसरमा १ नम्बर प्रदेशमा बिशेष कार्यक्रम गरि शुभारम्भ गरिएको छ ।
कार्यक्रममा चिकित्सक, जनस्वास्थ्यबिज्ञ, नर्सिंगबिज्ञ, संचारकर्मी, स्वास्थ्य प्रशासक, अनुसन्धानकर्ता र स्वास्थ्यका विविध बिषयमा अध्ययन गरिरहेका विधार्थीहरु गरि करिब २५ जनाको सहभागिता रहेको थियो ।
null
१ नम्बर प्रदेशका प्रदेश संयोजक डा. सूर्य पराजुली लगायतको टिमले हिजाे प्रदेश अन्तर्गत बिभिन्न जिल्ला र ठाउँहरुमा रहेर संयोजन गर्ने साईट संयोजकहरुलाई यो अन्तराष्ट्रिय अभियानको उदेश्य र सहभागीहरुले गर्नुपर्ने क्रियाकलापहरुको बारेमा बताएका थिए । हिजाेको प्रशिक्षणमा उच्च रक्तचाप के हो, रक्तचाप कसरी नाप्ने आदि बिषयमा छलफल पनि भयो ।
कार्यक्रममा उदिप यादव, ईलिज़ा खतिवडा,चन्द ईराकी, महबुब ईराकी, डा. पार्थ गुरागाई, रक्षा थापा, अन्जली मिश्रा, समिर दहाल,मिलन अधिकारी, कुन्दन श्रीवास्तभ, दिग्या ज्ञवाली, पेरिशा लुइँटेल, संजना पोखरेल, रुषा उपाध्याय, राजा बाबु गुप्ता, हीरा केसी आदिको सहभागिता रहेको थियो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सामुदायिक अनुसन्धान तथा विकाश कार्यक्रम बिभाग अन्तर्गत भएको कार्यक्रममा अस्पताल व्यवस्थापक अरविन्द मण्डलको पनि सहभागिता रहेको थियो।
विराट मेडिकल कलेजका अध्क्षय डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । नेपालका राष्ट्रिय संयोजक हरिकृष्ण भट्टराईले कार्यक्रमलाई सबै जिल्लामा बिस्तारित गर्दै जनचेतना अभियानलाई अझ सशक्त बनाउदै लगिने शुभकामना व्यक्त गरे।









