घोडाघोडी ताल क्षेत्रमा करीब ५६ के.जीको अजिङ्गर छोडियो ।

असोज १०, सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज अन्दाजी ५६ के.जीको अजिङ्गर छोडिएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुर बाट उद्धार गरी ल्याएको अजिङ्गर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो । घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाही,वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर बुढा ,इलाका वन कार्यालय सुखडका ज्ञानु चौधरी,घोडाघोडी संरक्षण तथा जनजागरण मचंका अध्यक्ष दिपेन्द्र बहादुर शाही र इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधिहरुको रोहोबरमा करीब ५६ के.जीको अजिङ्गर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो ।

 मंगलबार साँझ घोडाघोडी नगरपालिका वडा नम्बर ४ रामपुरका स्थानिय बासी सिता राम चौधरीले च्याउँ खोज्ने क्रममा श्री राम सामुदाय वनमा देखेका थिए । अजिङ्गर देखे पछि सिता राम चौधरीले श्री राम सामुदाय वन उपभोक्ता समितिका सचिब मंगल चौधरीलाई खबर गरेका थिए ।

सचिब मंगल चौधरीले इलाका वन कार्यालय सुखडमा खबर गरे पछि इलाका वन कार्यालय सुखडको टोलीले उक्त अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो । बेला बेलामा घोडाघोडी नगरपालिकाका बिभिन्न क्षेत्रमा अजिङ्गर देखिने गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =