रौतहटमा रिभल्वर र गोलीसहित एक पक्राउ

असोज १०, रौतहट ।  प्रहरीले रौतहटमा  रिभल्वर एक थान र सोको गोली एक राउण्ड सहित एक ५७ वर्षका व्यक्तिलाई पक्राउ पक्राउ गरको छ । 

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिर्ईएको हो । उक्त  रिभल्वर र गोली भने उनको घरमा खानतलासी गर्ने क्रममा उनी सुत्ने ओछ्यानमुनी लुकाई राखेको अवस्थामा बरामद गरिएको हो   

Image result for रिभल्वर र गोलीसहित एक पक्राउ

पक्राउ परेका श्रेष्ठमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।     

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *