डार्क सर्कलको समस्याबाट कसरी छुट्कारा पाउँने

आँखाले हाम्रो सौन्दर्य बढाएको हुन्छ । तर यही आँखाको मुनी आउने डार्क सर्कल ले हाम्रो अनुहारको सौन्दर्यमा कमी ल्याईदिन्छ । डार्क सर्कलले धेरै मानिसलाई सताएको छ । यसको कारण बाट धेरै मानिसहरु तनावमा छन् । डार्क सर्कल अनिन्द्रा धेरै तनावले आउने गर्दछ । क्यालसियम र फलामको कमीले पनि डार्क सर्कल आउँने गर्दछ । यदी हामीले बेलैमा यसको उपचार नगरेमा यसले हाम्रो अनुहारको सौन्दर्य नै बिगारी दिन्छ । आजभोली बजारमा डार्क सर्कल हटाउने धेरै सौन्दर्य सम्बन्धी  प्रोडक्टहरु पाईन्छ तर यी प्रोडक्टहरु राम्ररी चेकजाँग नगरी प्रयोग गर्दा झन् नराम्रो असर पर्ने हुन्छ । त्यसैले यस्तो प्रोडक्टहरु प्रयोग गर्दा राम्ररी चेकजाँच गर्नुपर्छ । केही घरेलु उपायहरु तल दिएका छन् जस्को प्रयोगले डार्क सर्कल बिस्तारै हराएर जान्छ ।

– टमाटर : टमाटरको रस र कागतीको रस एक–एक चम्मा मिश्रण गरी आँखाको बरीपरी आउँने डार्क सर्कलमा लगाएर १० मिनेट सम्म छोडिदिने त्यसपछि सफा पानीले मुख धुने दिनमा २ पटक यसको प्रयोग गरेमा डार्क सर्कल हराउनेछ साथै अनुहार नरम र सफा पनि हुनेछ ।

– आलुः काचो आलु पिधेंंर रस निकाल्ने अनि यसलाई कपासको सहायताले डार्क सर्कल भएको ठाउँमा बिस्तारै लगाउने यसरी लगाएको १० मिनेट पछ चिसो पानीले मुख धुने यसो गर्दा डार्क सर्कल हराएर जान्छ ।

चिसो दुधः चिसो दुध पनी डार्क सर्कल हटाउने अचुक उपाय हो । यो आँखा र छालाको लागि एकदम लाभदायक छ । चिसो दुध कपासको सहायताले आँखाको बरीपरी आएको डार्क सर्कलमा लगाउने र केही समय छोडी दिने त्यसपछी मुख धुने यसको प्रयोग दैनिक रुपमा गरेमा डार्क सर्कलको समस्या बाट छुट्कारा मिल्छ ।

सुन्तलाको रस : सुन्तलाको रसबाट पनि डार्क सर्कल हराएर जान्छ । सुन्तलाको रस र ग्लिसरीनको केही थोपा मिलाएर डार्क सर्कल भएको ठाउँमा लगाउँनाले बिस्तारै डार्क सर्कलको समस्या हराएर जान्छ साथै यसको प्रयोगबाट अनुहारमा एक प्रकारको चमक पनि आउँछ ।

योगा/मेडिटेशन : तनाव, निन्द्राको कमी, जिवनशैलीमा बदलावको को कारणले पनि डार्क सर्कल आउने हुन्छ । योगा/मडिटेशन ले डार्क सर्कलको समस्याबाट छुट्कारा पाउँन निकै ठूलो भूमिका खेलेको हुन्छ । योगा/मडिटेशनले हाम्रो शरिरलाई नियन्त्रित गरेको हुन्छ । त्यसैले योगा दैनिक रुपमा गरेमा डार्क सर्कलको समस्याबाट छुट्कारा पाउँन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =