(एड्वान) काे निर्वाचन भाेली

असाेज ११, चितवन । नेपाल दलित महिला उत्थान संघ (एड्वान) काे २० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ भने भोलि निर्वाचन हुने (एड्वान)ले जनाएको छ ।   

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी जिल्ला महिला विकाश अधिकृत शुसिला वाग्लेले समग्र दलित महिलाहरु अब अगाडी बढ्नुपर्ने बताएकी छिन । विभेदकारी घटना समाजमा बढी भैरहेको हुँदा त्यस्ता विभेदकारी नीतिहरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउँदै उनले भरतपुर महानगरपालिकाले दलित महिलाहरुको लागि दलित र गैह्र दलित बीच अन्तरक्रिया लगाएत सहकार्यका कार्यक्रमहरु अगाडी बढाउने जानकारी गराईन ।   

कार्यक्रममा विशिष्ट अतिथि रत्ननगर कार्यपालिका सदस्य मनकुमारी बिक, अतिथीहरुमा रत्ननगर नगरपालिका वार्ड नम्बर १० कि सदस्य माया नेपाली, रत्ननगर १२ वडा सदस्य सुस्मिता बिक लगाएत विभिन्न जिल्लाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल दलित महिला उत्थान संघ (एड्वान) कि अध्यक्ष पम्फा परियारको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =