गरगहना चाहिन्न बरिलै……
२०७६ भदौ १६ गते

भदौ १६, काठमाडौँ । यसपालि रुपन्देहीका तीज मिलन कार्यक्रम गरगहनारहित छन् । तीजको रमझका बेला गरगहना र महँगा पहिरनमा कमै महिला देखिए । घाँटीमा सादा पोते वा पत्थरका माला सजिए । कान र हातमा पनि सुनचाँदी देखिएनन् । सिसा वा पत्थरकै चुरा देखिए । अगुवाले थालेको अभियानमा सर्वसाधारणले साथ दिए ।
तिलोत्तमा नगरपालिकाकी अगुवा देवी वाग्लेले गरगहनारहित तीजको सुरुवात गरेकी हुन् । साउने संक्रान्तिलगत्तै उनले फेसबुकमा स्ट्याटस राखिन्, ‘यसपालि तीजलाई गरगहना र महँगा साडीरहित बनाऔँ । तपाईँले साथ दिनुहुन्छ ?’उनको स्ट्याटसमा एक हजारभन्दा बढी महिलाले समर्थन जनाएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
२०७६ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








