अन्तरघात गर्नेलाई कार्वाही : देउवा

बिराटनगर, मंसिर, ४ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्टीलाई अनुशासित बनाउनका लागि अन्तघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेकोमा जोड दिए ।
नेपाली काँग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रमको आज बिराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले बिगतको कमजोरीबाट पाठ सिक्दै अन्तरघातबाट पार्टीलाई मुक्त बनाउन पर्नेमा जोड दिए ।
उनले पार्टी भित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको बताए । सभापति देउवाले वर्तमान सरकार अधिनायकवादको दिशा तर्फ उन्मुख भएको आरोप समेत लगाए । उनले न्यायलयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने सरकारको योजना रहेको दाबी गरे । कम्युनिष्टहरुको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख भएकाले त्यस बिरुद्ध नेपाली काँग्रेस डटेर लड्ने समय आएको उनले बताए ।
null
पूर्व प्रधानमन्त्री देउवाले भने ‘कम्युनिष्टहरुको वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको छ, देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न शसक्त प्रतिकार गर्न छ, त्यसको नेतृत्व अब नेपाली काँग्रेसले गर्नेछ ।’
सभापती देउवाले कम्युनिष्टको सरकारबाट देशलाई मुक्त गर्न नेपाली काँग्रेस एक जुट हुन आवश्यक रहेको बताए । उनले सरकारले निर्मला पन्तको बलात्कार पछि हत्यका दोषीलाई सरकारले नै लुकाउन चाहेकाले निर्मलाको दोषीलाई सरकारले कार्वाही गर्न नचाहेको बताए ।
उनले निर्माला पन्त हत्याको दाषीलाई कार्वाहीको माग गदै यति धेरै आवाज उठिरहँदापनि सरकार किन कार्वाही गर्न सक्दैन सरकार के गरी रहेको छ , के हेरी बसेको भन्दै देउवाले प्रश्न गरे ।
कार्यक्रममा नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई आफुहरुले जे गरेपनि हुने भन्ने दम पलाएको बताए । नेता कोइरालाले प्रधानमन्त्रीमा शक्तिको भोको पलाएको सबै शक्ति अहिले आफुमा निहित गर्ने कुरामा प्रधानमन्त्री ओली अग्रसर बनेको बताए ।
उनले वर्तमान सरकार शक्ति सन्तुलन खल्बलाएर मुलुकलाई अघोगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको आरोप समेत लगाए । केन्दीय सदस्य नारायण खड्काले नेपाली काँग्रेस पार्टी चुकेको बिषयमा एक अर्कालाई दोषरोपण गर्ने भन्दापनि पार्टी भित्र व्यापक छलफल चलाएर सावधान खोज्नु पर्नेमा जोड दिए ।
उनले भने ‘धेरै बिषयले पार्टीलाई अहिलेको अवस्थामा कमजोर बनाएको छ’ त्यस बिषयमा एक अर्का बिच उत्तेजना बढाएर दोषरोपष गर्न भन्दापनि पार्टी भित्र छलफल चलाएर सही मार्ग खोज्ने अहिलेको आवश्यता छ ’अनि मात्र पार्टी गुटरहित र शतिशाली पार्टी बन्नेछ ।’








