निर्मलाले न्याय पाउनेमा छानविन समितिभित्रै शंका, अनुसन्धानबाटै अलग्गिए उपसचिव केसी

काठमाडौँ, भदौ २५ । कञ्चनपुर घटनाको अनुसन्धान गर्नका लागि गठित उच्च स्तरीय छानविन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका हुन् ।

सरकारले घटनाको अनुसन्धान गर्ने आइतबार १५ दिन म्याद थप गरेपछि उनले निर्मलाले न्याय पाउनेमा शंका लागेको भन्दै समितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफूले समितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफू समितिमा नरहेको भन्दै उनले आफूले हुलाकमार्फत समितिमा नबसेको जानकारी सरकारलाई गराएको बताए ।

समितिले गरेको छानबिनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =