पोखरामा एक जनामा देखियो कोरोना संक्रमण, थप परीक्षणका लागि काठमाडौं पठाइयो
२०७६ चैत २१ गते

चैत्र २१, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । संक्रमितको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रतिष्ठानले जनाएको छ ।
गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनाकाे रिपाेर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । बाँकीकाे रिपाेर्ट आउन बाँकी रहेको बताइएको छ ।

बिहीबार मात्रै एक ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
२०७६ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








